सोमबार, बैशाख २१, २०८३

पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्ने देउवाको चेतावनी

काठमाडौं,१७ पुस । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी परीणामलाई लिएर पार्टी अनुशासन उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

आईतवार मेलमिलाप दिवसको अवसरमा नेपाल विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा देवाले भने, हाम्रो पार्टी हारेको छैन । एक्लाएक्लै पाएको भोट अरु कसैको भन्दा कम छैनौं ।

प्रदेश र प्रतिनिधिसभा चुनावमा कांग्रेसले नराम्रो हार व्यहोरेपछि कांग्रेसमा नेतृत्वको आलोचना भइरहेको छ । प्रकाशमान सिंह, गगन थापा लगायतका नेताहरुले त नेतृत्व परिर्वतनको माग गरेका छन् ।

तर, देउवाले उनीहरूको माग ठाडै अस्वीकार गरेका छन् । उनले अघि भने, एमालेले भन्दा कम मत ल्याएको छैन, पार्टीभित्र मेरो विरोध गर्नेहरुले पनि बुझुन ठाडो चुनौती दिएका छन् ।

देउवाले चुनावी हारको दोष आफूलाई नदिन आग्रह गरे । ‘चुनाव आफैं हार्ने अनि मलाई हरायो भन्ने ?’ उनले भने, स्थानीय तहमा अन्तरघात गर्नेलाई कारबाही नगरेको फल अहिले पाएका छौं । त्यसैले अब कडा भन्दा कडा कारबाही गरिन्छ ।
उनले अब पार्टीमा अनुशासनसहित मेलमिलाप चाहिएको बताउदै साथै चुनावी परीणामलार्इ लिएर निराश नहुन युवाहरूलाई आग्रह गरेका छन् ।