शनिबार, बैशाख ०८, २०८१

राजनीतिक निकासका लागि सबै एकजुँट हुनुपर्छ : प्रचण्ड

काठमाडौं,१६ पुस । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको समृद्धि र विकासका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

ललितपुरमा आइतबार विहान आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘दलहरुबीच मिलेर जाने वातावरण बनाउन मेहेनत गरिरहेको छु । कांग्रेस र एमालेसँग छलफल भइरहेको छ । विकासका लागि के सत्तापक्ष के प्रतिपक्ष ?’ अहिले देशमा सुशासन र विकास आवश्यक भएको भन्दै प्रचण्डले त्यसका लागि दलहरुबीच समझदारी हुन आवश्यक भएको बताए ।

सबै दलहरु मिलेर देश निर्माण गर्नुपर्ने भन्दै उनले त्यसका लागिनै आफूले पहल गरिरहेको बताए । ‘सबै दलहरु मिलेर नै देश निर्माण गर्ने हो,’ उनले भने, ‘त्यसो गर्न सकिएन भने नेपालको भविष्य अप्ठेरोमा पर्छ ।

आफ्नै पहलमा राष्ट्रिय सभा सम्बन्धी अध्यादेश अगाडि बढेको भन्दै प्रचण्डले राजनीतिक निकासका लागि सबैसँग मिलेर जानु पर्ने बताए ।