शनिबार, बैशाख ०८, २०८१

कुमारीले तयार पारिन बलात्कार रोक्ने पेन्टी

एजेन्सी  । भारतीय एक १९ वर्षे किशोरीले बलात्कारबाट बच्नका लागि महिलाले लगाउने भित्री बुस्त्र पेन्टी बनाएकी छन । उत्तर प्रदेशकी साधारण परिवारकी सीनू कुमारीले तयार पारेको पेन्टीलाई उनैले ‘रेप प्रूफ पेन्टी’ नाम दिएकी छन् ।

यो पेन्टी बनाउनका लागि उनले ‘ब्लेट प्रूफ’ कपडाको प्रयोग गरेकी छन । जहाँ स्मार्ट लक, एक जिपिआरएस तथा एउटा रेकर्डर राखिएकोृ छ । उनको यो कामलाई केन्द्रीय बाल विकास मन्त्री मेनका गान्धीले तारिफ गरेकी छन् । सोनूले बताए अनुसार यो पेन्टीलाई सजिलै काट्न सकिँदैन । अनि जलाउन पनि मिल्दैन । जसमा भएको स्मार्ट लकले पासवर्ड हानेपछि मात्र खुल्छ । पेन्टीमा प्रयोग गरिएको एक बटम मोबाइलसँग जोडिएको हुन्छ । त्यहाँ दबाएपछि उमरजेन्सी नम्बर १०० मा डायल हुन्छ ।

त्यहाँ जडान भएको जिपिएसले प्रहरीलाई लोकेसन थाहा पाउन सजिलो हुनुका साथै त्यहाँ जडान भएको रेकर्डरले आसपासमा भइरहेको गतिविधिको रेकर्ड गरिरहेको हुन्छ । इम्मरजेन्सी नम्बरमा प्रहरीको नम्बरको साटो परिवारका कुनै सदस्यको नम्बर पनि सेट गर्न मिल्ने सोनूले बताएकी छन् । एउटा पेन्टी बनाउन चार हजार भारतीय रुपैयाँ खर्च भएको बताउँदै उनले रकमका लागि परिवारले सहयोग गरेको बताइन । उनले आफैं खोज तथा अनुसन्धान गरी पेन्टी बनाएकी थिइन् ।

पेन्टीसँगै उनले महिला सुरक्षाका अन्य काम पनि गरिरहेकी छन । आफूले बनाएको पेन्टी महिलाका लागि सुरक्षित हुने दाबी गर्दै सोनूले आफूलाई सरकार वा कुनै कम्पनीले सहयोग गरे सबैले प्रयोग गर्न सक्ने र राम्रो काम गरेर देखाउने बताएकी छन् ।उनले महिला अधिकारका क्षेत्रमा काम गर्ने संस्था तथा मन्त्रालयलाई पनि चिठ्ठी लेखेर आफूले गरेको पहिलो कामको जानकारी गराएकी छन् ।

राष्ट्रिय अपराध रेकर्ड व्युरो (एनसीआरबी)ले सार्वजनिक पछिल्लो तथ्यांक अनुसार भारतमा प्रत्येक दिन ७९ महिलाको बलात्कार हुने गरेको छ । यो समस्या मध्यप्रदेशमा अझै धेरै छ । सन २०१६ को तथ्यांक अनुसार भारतमा २८ हजार ९ सय ४७ महिला बलात्कारको सिकार भएका थिए ।