सोमबार, बैशाख २१, २०८३

आफ्नो सत्तामा टाँसिरहने रहर छैन : प्रधानमन्त्री देउवा

काठमाडौं,१६ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गराएकोमा धन्यवाद दिनुको साटो आफूमाथि शंका उपशंका गरेकोमा असन्तुष्टि जनाएका छन् । साथै उनले आफ्नो सत्तामा टाँसिरहने रहने रहर नभएको बताएका छन् ।

तमु ल्होसारको अवसरमा शनिबार टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, ‘चुनावको नजिता सहर्ष स्वीकार गरेर सरकार निर्माणमा पुरा सहयोग गर्न तयार रहेको व्यक्तिलाई झुटा कुरा गर्नु शोभनीय हुँदैन ।

चुनाव गराएर संविधान कार्यान्वयन गर्न सफल भएको गौरव लागेको उनले बताए । ‘धन्यवाद दिनुको सट्टा शंका उपशंका गर्नुको काम छैन’ एमालेको अरोपतर्फ संकेत गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले भने, ‘मलाई सत्तामा टाँसिने रहर छैन । म कांग्रेस हुँ, प्रजातन्त्रवादी हुँ र जनताको निर्णयलाई शिरोधार्य गर्छु ।

राष्ट्रपतिले राष्ट्रियसभा सदस्यको निर्वाचनसम्बन्धी अध्यादेशमा स्वीकृत गरेर नेपालको राजनीतिमा महत्व योगदान पुगेको प्रधानमन्त्री देउवाले बताएका छन् ।

देउवाले मौलिक पहिचानको रुपमा रहेका विभिन्न जाति समुदायको पर्वलाई उत्सवका साथ मनाउन सहयोग गर्नु राज्यको दायित्व रहेको बताएका छन् ।