शुक्रबार, बैशाख ०७, २०८१

तमू ल्होछार : प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने

त्यस्तै काठमाडौंको १३ गते देखि विविध साँस्कृतिक कार्यक्रमसहित लोकदोहोरी गीत र खेलकुद प्रतियोगीता पनि जारी छ । त्यसैगरि औपचारिक कार्यक्रको शुरुमा काठमाडौंमा कृयाशील बिभिन्न तमू समाजले भोषभुषा तथा संस्कृति झल्कने साँस्कृतिक झाँकी प्रर्दशन गरिने तमू ल्होछार मुल आयोजक समितिका संयोजक श्रीप्रसाद तमूले जानकारी दिनुभयो ।

साँस्कृतिक र्याली काठमाडौंको बसन्तपुरबाट विहान १० बजे सुरु हुनेछ । चरा बर्गलाई विदाई गरि कुकुर बर्गलाई स्वागत गरि मनाईने तमू ल्होछारको औपचारिक कार्यक्रमकाबीच राजनीतिक, शैक्षिक, सामाजिक र निजामति क्षेत्रमा विशेष सफलता हाँसिल गरेका तमू व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रधानमन्त्र शेरबहादुर देउवाले सम्मान गर्ने कार्यक्रम रहेको आयोजक समितिका महासचिव लोकबहादुर गुरुङले जानकारी दिनुभयो ।