सोमबार, बैशाख २१, २०८३

संविधान संशोधनमा सकारात्मक भए एमाले सरकारमा जान्छौ : यादव

काठमाडौं,१४ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमा सकारात्मक भए एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन तयार रहेको बताएका छन् ।

संघीय समाजवादी फोरमलाई लिएर एमालेले सरकार बनाउन लागेको हल्ला चलिरहेको बेला यादवले संविधान संशोधनमा एमाले सकारात्मक हुने हो भने ओलीलाई प्रधानमन्त्री मान्न सकिने बताएका हुन् ।

विहीबार एक अन्तर्वार्तामा अध्यक्ष यादवले भने, ‘ओलीज्यूले सरकारमा जाने कुरा गर्नुभएको छ । निश्चित रुपमा हामी सरकारमा जान्छौ । तर हामीले उठाएको मुद्दामा उहाँहरु सहमत भएको खण्डमा मात्रै जानेछौ ।’

संविधान संशोधन गरी आदिवासी जनजाति, मधेसी लगायत उत्पीडित समुदायको अधिकार ग्यारेन्टी गर्ने र संविधानका त्रुटी सच्याउने वातावरण बन्यो भने आफुहरु सरकारमा जान तयार रहेको यादवले बताएका छन् ।