शनिबार, बैशाख ०८, २०८१

रानीपोखरीको पुनर्निमाणमा महानगरभित्र नै विवाद

काठमाडौं,११ पुस । राजधानी काठमाडौंको मुटुमा रहेको रानीपोखरीको पुनर्निमाणका विषयमा महानगरभित्र नै विवाद चर्किएको छ ।

उपमेयर हरिप्रभा खड्गीसहित पुगेको सम्पदाविदको टोलीले विहान लगाएको तला मेयर विद्यासुन्दर शाक्यले तोडेका छन् ।
मेयर शाक्य एमालेका हुन भने उपमेयर खड्गी कांग्रेसकी उम्मेद्धार बनी विजय भएका हुन । अहिलेको सरकार समिकरणमा देखिएको एमाले कांग्रेसविचको विवाद इगोको रुपमा पनि धेरैले अड्कलबाजी गरेका छन् ।
रानीपोखरी पुनर्निर्माणमा क्रंक्रिट प्रयोग गरिएपछि सम्पदाविद्हरुले चर्को विरोध गर्दै आएका छन् । उपमेयर खड्गीले मंगलबार रानीपोखरीको अवलोकन गरेपछि काम रोक्नु पर्ने बताएकी थिइन् ।

लगतै वडाध्यक्षकै रोहबरमा ‘सम्पदा प्रेमी काठमाडौंबासी’को नाम सम्पदाविद्हरुले ताला लगाएका छन् ।

रानीपोखरीका ताला लागेपछि मेयर शाक्य पनि तत्कालै रानीपोखरी पुगे । उनको निर्देशनमा नगर प्रहरीले ताला तोडेको छ । मेयर शाक्यले पनि पुनर्निर्माणको कामको निरीक्षण गरेका छन् ।