सोमबार, बैशाख २१, २०८३

मृगौला पिडित तामाङलाई जापानबाट आर्थिक सहयोग

जापान,१० मंसिर । मृगौला फेल भएपछि उपचार खर्च अभावमा रहेका सिन्धुपाल्चोक लिसंखुका १४ वर्षे जमिन तामाङलाई जापानबाट आर्थिक सहयोग गरेका छन् ।

जमिनलाई नेपाल मादन समाज जापानले संकलन गरेको नेपाली ५२ हजार रुपैयाँ(जापनी ५९ हजार येन) आईतवार समाजिक आभियन्ता बिकु लामाद्वारा हस्तांतरण गरिएको प्रदान हो । बुबा राम कुमार तामाङ र आमा मन्जुरी तामाङका छोरा जमिनको गत असोजमा आमा मन्जुरीले एउटा किड्नी दिएर प्रत्यारोपण समेत भइसकेको छ ।

कक्षा नौ पढ्दै गर्दा थला परेका जमिनको उपचारका लागि आर्थिक सहयोग जुटाउन नेपाल मादन समाज जापानका सक्रिय सदस्य सुष्मा लामा वाइवाले बिशेष संयोजन तथा सक्रिय भूमिका निभाएकी थिइन् ।  यस महान कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण जापानबासी सहयोगी मनकोधनी सहयोगकर्ताहरूलाई र नेपालबाट यो अभियानलाई साथ दिनु हुने सामाजिक आभियन्ता बिकु लामालाई समेत समाजले बिशेष धन्याबाद ज्ञापन गरेको छ ।

यस अघि पनि नेपाल मादन तामाङ समाज, जापानले काभ्रे मादन कुँडारीको मुटुरोगी फूलमाया तामाङलाई १ लाख ८० हज़ार जापानी येन, काभ्रे कै भूकम्पपीड़ितको लागि १ लाख जापानीयेन अनि भूकम्पपीड़ित सिंधूपालचोक विद्यालयलाई १ लाख जापानी येन र दुबै कानको श्रवन शक्ति गुमाएकी काभ्रे कै मन्जु तामाङलाई ५४ हज़ार जापानिज जापानिज येन संकलन गरी सहयोग गरिसकेको साथै आगामी दिनहरुमा यस्तै मनाविय दुःखमा सहयोग गरी रहने समेत समाजको अध्यक्ष हिमाल लामाले बताउनु भयो ।