सोमबार, बैशाख २१, २०८३

अध्यादेश वारे राष्ट्रपतिले मधेशी शीष नेताहरुसँग परामर्श गर्दै

काठमाडौं,९ पुस । राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश प्रमाणिकरणको विवाद बढिरहेका बेला राष्ट्रपतिले राजनीतिक परामर्श जारी राखेकी छन् । उनले आइतबार संघीय समाजवादी फोरम नेपाल र राजपाका शीष नेताहरुसँग परामर्श गर्दैछिन् ।

परामर्शका लागि फोरम अध्यक्ष उपेन्द्र यादवलाई बिहान १० बजे राष्ट्रपति कार्यालय शितल निवासमा बोलाइएको छ । फोरमसँग परामर्श गरिसकेपछि राजपा नेताहरुसँग परामर्श गर्ने राष्ट्रपतिको तयारी छ ।

राष्ट्रपति भण्डारीले यसअघि कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुसँग परामर्श गरेकी थिइन् । उनले अध्यादेशमा राजनीतिक सहमति जुटाउन आह्वान गर्दै आएकी छन् । तर प्रमुख दलहरु आ-आफ्नै अडानमा रहेको भन्दै राष्ट्रपतिले अध्यादेश प्रमाणिकरण गरेकी छैनन् ।

सरकारले दुई महिना अघि राष्ट्रपति कार्यालयमा पठाएको अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीको व्यवस्था गरिएको छ ।