Nepali date


सोमवार, जेष्ठ ६, २०७६

संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने महतोको चेतावनी

काठमाडौं,९ पुस । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शनिबार राजविराजमा आयोजित कार्यक्रममा महतोले मधेश गठबन्धनले निर्वाचनमा मधेशी जनताको जनादेश पाएअनुसार संविधान संशोधनलाई पहिलो प्राथमिकतामा राखेको बताए । मधेशी जनताको जनादेशले छ मधेशवादी दललाई एकै छातामुनि ल्याएको भन्दै उनले निर्वाचनको परिणाम कुनै दलको नभएर मधेशी जनताको भएको जिकिर गरे ।

मधेशी जनताले दिएको जनाधिकारको तीन ठूला दलले समेत स्वीकार गरी संविधान संशोधन गर्नुपर्ने महतोलफे बताए ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया