सोमबार, बैशाख २१, २०८३

सीतापाइलामा सिभिल होम्सको बुकिङ खुल्ला

काठमाडौं ८ पुस । चक्रपथबाट १४ किलोमिटर भित्र बनाइरेको हाउजिङमा सफल कम्पनी सिभिल होम्सले आफ्नो सातौं परियोजनाका रुपमा रहेको सीतापाइलामा धमाधम घरहरुको बुकिङ लिइरहेको छ ।
बनिरहेको सिभिल होम्सको यो हाउजिङमा पछिल्लो समय बुकिङ लिने बढेका छन् । विशेष गरी, काठमाडौंभित्र पनि शान्त तथा रमणीय वातावरणमा बस्ती रहेका कारण ग्राहकहरुबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको सिभिल होम्सका कर्पोरेट तथा मार्केटिङ विभाग प्रमुख मुनिन्द्र श्रेष्ठ बताउँछन् ।

उनका अनुसार सिभिल होम्सले यसअघिका ६ वटा परियोजनाको सिकाइबाट सीतापाइलाको हाउजिङलाई निकै परिस्कृत ढंगले प्रस्तुत गरेको छ । यहाँ सबै व्यक्तिगत घरहरु बनेका छन् । आधुनिक र व्यवस्थित बस्तीका लागि उत्कृष्ट भू(बनोट भएको क्षेत्रमा पर्छ । अग्लो भूभागमा भएकाले यो हाउजिङलाई धेरैले रुचाएका छन् ।

यहाँ हरियाली वातावरण पनि भएकाले आवासका लागि निकै उपयुक्त रहेको घर बुक गरिसकेककाहरु बताउँछन् ।