शनिबार, बैशाख ०८, २०८१

कालिकोटमा प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु

कालीकोट,८ पुस । म्यादी प्रहरीलेआफ्नो तलव कटाइएको भन्दै आन्दोलनमा उत्रिएका म्यादी प्रहरी र प्रहरीबीचको झडपमा एक् जनाको मृत्यु भएके छ ।
शुक्रवार म्यादी प्रहरी र प्रहरीबीचको झडपले उग्र रुप लिदा कालीकोट तनावग्रस्त म्यादीले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाउँदा एक जना म्यादी प्रहरीको मृत्यु भएको हो ।
शान्नी त्रिवेणी गाउँपालिका ५ तिकुवा निवासी १९ वर्षका बिबेक ऐडीको प्रहरीले चलाएको गोली लागि मृत्यु भएको हो । ऐडीको टाउकोमा गोली लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयको गेट अगाडि नै गोली लागेर ढलेका बिबेकलाई आधा घण्टासम्म कसैले पनि उठाउने सहास गरेन । पछि उनलाई पत्रकार नागरिक समाजका अगुवा र उद्योग वाणिज्य संघका पदाधिकारीको पहलमा जिल्ला अस्पताल पुर्‍याइएको थियो ।
अस्पताल लैजादै गर्दा ऐडीको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल कालीकोटका डाक्टर सुभाष शर्माले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कालीकोटले म्यादी प्रहरीलाई दिने भनिएको तलब भत्ता बापतको अन्तिम किस्तामा तीन हजार रुपैयाँ कटौती गरेको भन्दै म्यादी प्रहरी आन्दोलित भएका थिए ।

दिउँसो १२ बजेदेखि नाराबाजीमा उत्रिएका म्यादी प्रहरीको जुलुस जिल्ला प्रहरीको गेटमा पुग्दा आन्दोलित म्यादी प्रहरी र प्रहरीवीच दोहोरो झडप भएको थियो । झडपका क्रममा प्रहरी कार्यालयमाथि म्यादी प्रहरीले ढुंगामुढा गरेका थिए । भिड नियन्त्रण गर्न प्रहरीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरेको थियो ।
एक जनाको मृत्यु पछि आक्रोशित बनेका म्यादी र स्थानीयले कालीकोट सदरमुकामको प्रतिमाचोकमा रहेको प्रहरी बिट र जिरो प्वाइन्टमा रहेको प्रहरी बिटमा तोडफोड गरी आगजनी गरिदिएका छन् ।