प्रधानमन्त्री देउवाद्धारा ५ दलको सर्वदलिय बैठक आह्रान

काठमाडौं,७ पुस ।  प्रधानमन्त्री शेरबहादुर देउवाले ५ दलको सर्वदलिय बैठक बोलाएका छन् ।
राष्ट्रियसभा सम्बन्धि अध्यादेशको विषयमा देखिएको विवादको विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले ५ दलको सर्वदलिय बैठक बोलाएका हो ।
शुक्रवार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ । देउवाले ५ वटा राष्ट्रिय पार्टीहरु एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपा नेपालका नेताहरुसँग छलफल गर्न लागेको उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । दलहरुबीचको विवादका कारण राष्ट्रपछि बिद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छैनन् ।
राष्ट्रिय सभा गठन पहिलेकी सरकार गठन भन्नेमा कांग्रेस र वाम गठबन्धनबीच विवाद छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया