सोमबार, बैशाख २१, २०८३

एनएमबी बैंक र सिङ्गापुरको इन्सटारेमविच रेमिटेन्स् सेवा सम्झौता

काठमाडौं,७ पुस । एनएमबी बैंकले सिङ्गापुरस्थित अन्तर्राष्ट्रिय अनलाईन रेमिटेन्स् कम्पनी इन्सटारेमसँग रेमिटेन्स् सेवा सम्झौता गरेको छ । सम्झौतापश्चात नेपालीहरुले अस्ट्रेलिया, क्यानेडा, सिङ्गापुर, हङकङ, मलेसिया, भारत तथा युरोपका विभिन्न देशहरुबाट इन्सटारेमको अनलाईन प्रबिधि प्रयोग गरी एनएमबी बैंक मार्फत सोझै नेपाल स्थित कुनैपनि बैंक वित्तीय संस्थामा रहेको खातामा पैसा पठाउन सक्नेछन् ।

सम्झौतामाबैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी तथा इन्सटारेमका चिफ बिजनेस अफिसर प्रतिक गान्धीले हस्ताक्षर गरेका छन् ।

इन्सटारेमसँग सम्झौता भएकोमा खुशी व्यक्त गर्दैर् बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने – “यो सम्झौतासँगै बिश्वका महत्वपुर्ण स्थानहरुबाट आधुनिक अनलाईन प्रबिधि प्रयोग गरी रेमिटेन्स गर्न अझै सहज एवम् सुरक्षित हुने साथै सरल बैकिङ्ग सेवा पुर्‍याउदै समृद्ध नेपालप्रति बैंकले लिएको प्रतिबद्घतालाई समेत सार्थकता प्रदान गर्ने कुरामा हामी विश्वस्त रहेको छौं