Nepali date


शुक्रबार, भदौ ६, २०७६

नवलपुर समाज जापानको प्रथम अधिबेशन हुने

जापान,५ पुष । नवलपुर समाज जापानको प्रथम अधिबेशन हुने भएको छ । समाजको अधिवेशन २०१८ जनवरी २४, बुधबार १ बजेबाट सोलामारी मुरा हल टोकियोमा हुने जनाएको छ ।

नेपाल ४ नम्बर प्रदेशमा पर्ने नवलपरासी जिल्ला (बर्दघाट सुस्तापूर्व ) दाउन्ने डाडोले करिब वीचबाट चिरिएको पूर्वको भागलाई नवलपुर भनिन्छ । पूर्वमा चितवन, पश्चिममा परसी , उत्तरमा पाल्पा र तनहुँ जिल्ला र दक्षिणमा मित्रराष्ट्र भारतको उत्तर प्रदेश र विहार प्रान्त पर्दछ ।

नवलपुर भौगोलिक रुपमा पनि सम्पन्न एवं भिन्नै पहिचान बोकेको क्षेत्रका रुपमा सुपरिचित रहेकोछ । ऐतिहासिक एवं सांस्कृति बोकेको यस जिल्लामा गैंडाकोटदेखि मुकुन्दपुर, दुम्किबास, अमरापुरी, रजहर, प्रगतिनगर, देबचुली, कावासोती, अर्ग्यौली, कुमारवर्ती, शिव मन्दिर, तम्सरिया, नारायणी, रतनपुर, कोटेश्वर, दिब्यपुरी, देउराली, पिठौली, कोलुवा, नँयाबेलानी, बुलिङटार, अर्खलाडाडा, भेरी, भारतिपुर, जौउबारी, धुरकोत, बेणिमनिपुर, धोवाडी, नरममिथुकरम, डेढगाउँ, रसुवा, रुधाङ्ग, हसेकोट,मैनाघाट, पर्सोती बीचमा रहेको नवलपुर ज़िल्लाको सदरमुकाम कावासोती नगरपालिका हो ।

तसर्थ यस नवलपुर क्षेत्रबाट जापानमा रहनूहूने सम्पूर्ण आमा बुबा दाजु भाई दिदीबहिनीहरुको साथलाई एकीकृत गर्दै यस क्षेत्रको विकासमा अझ टेवा पुर्याउने उद्देश्यका साथ संगठित गरिएको यस समाजको यस प्रथम अधिबेशन २०१८ मा यहाँहरुको गरिमामय उपस्थितिका लागि संस्थाले सादर अनुरोध गर्दै निमन्त्राणा गरेको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया