शुक्रबार, बैशाख ०७, २०८१

आदिवासी जनजाति महासंघ अमेरिकाको ध्यानाकर्षण

न्युयोर्क,४ पुष : नेपाल आदिवासी जनजाति महासंघ अमेरिका ‘फिप्ना’ ले स्थगीत ६ छैठौं महाधिवेशनको मिति चाडै प्रकाशित गर्ने जनाएको छ । सदस्यता विवादमा देखिएको समस्या मिलाउन निर्वाचन आयोगले तत्काल नसकेकाले डिसेम्वर १७ तारिखमा न्युयोर्कमा भईरहेको महाधिवेशन नेतृत्व चयन नगरी स्थगित भएको थियो ।

फिप्नाले एक विज्ञप्ती निकाल्दै ‘सदस्यता सम्बन्धि विवादलाई समाधान गरेर यसै कार्य समितिको नेतृत्वमा छैठौ महाधिवेशन शीघ्र नै घोषणा गरिने प्रतिवद्दता सदस्य सस्थाहरु, आदिवासी अगुवा नेताहरु तथा शुभचिन्तकहरुलाई जानकारी गराउन चाहन्छौ’ भनेको छ ।

विवादप्रति सामाजिक संजालमा देखिएको भ्रमप्रति फिप्नाको वर्तमान कार्य समितिको गम्भीर ध्यानाकर्षण भएको जनाउदै फिप्नाको विधि विधानभित्र रहेर जिम्मेवार व्यक्तिहरुले महाधिवेशनमा प्रस्तुत भएका समस्यालाई जिम्मेवारीपुर्वक समाधान गर्न कार्य समितिलाई सहयोग गरिदिन अनुरोध समेत गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘विधान र सांगठनिक पद्दति भित्र रहेर कानुनवीद तथा अगुवाहरुको सल्लाहमा समस्याको समाधान शीघ्र नै गरिने छ ।’ फिप्नाका सभामुख तथा अन्य जिम्मेवार नेतृत्व तहबाट सँस्थाको गरिमामा आंच आउने किसिमको कुनै पनि गतिबिधिहरु कहीं कतैबाट आउन नदिन पनि अध्यक्ष लुईसाङ वाईवा तामाङद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।