सोमबार, बैशाख २१, २०८३

तीन प्रतिशत थ्रेसहोल्ड : संसदमा अब पाँच पार्टीको प्रतिनिधित्व

काठमाडौं,१ पुष । प्रदेश र प्रतिनिसभा निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्ड भएपछि आगामी केन्द्रिय संसदमा पाँच वटा पार्टीको मात्रै प्रतिनिधित्व हुने भएको छ ।

प्रदेश र प्रतिनिसभा निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेका दलहरुको अस्तित्व अब संसदमा हुनेछैन । थ्रेसहोल्ड कटाएका नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राजपा गरी पाँच पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन् ।

३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा विवेकशील साझा पार्टी, नयाँ शक्ति नेपाल, राप्रपा, राप्रपा प्रजातान्त्रिक, जनमोर्चा, नेकपा माले, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरु भने राष्ट्रिय पार्टीको मान्यता पाउन सकेनन् । संविधानअनुसार कूल सदर मतको ३ प्रतिशत मत ल्याउने पार्टीलाई मात्र राष्ट्रिय दलको मान्यता दिने व्यवस्था छ ।

थ्रेस होल्ड कटाउन नसकेका दलहरुबाट निर्वाचित भएकाहरु स्वतन्त्र सांसदको रुपमा संसदमा रहनेछन् ।

थ्रेसहोल्ड नकटाएका नयाँशक्ति, राप्रपा, जनमोर्चा र नेपाल मजदरुर किसान पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक–एक सिट जितेका छन् । अघिल्लो संसदमा तीन दर्जन पार्टीहरु थिए ।