सोमबार, बैशाख २१, २०८३

अध्यक्षको हैसियतले चुनावी हारको नैतिक जिम्मेवारी लिन्छु : थापा

काठमाडौं,१ पुष ।  प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम अकल्पनीय एवं अत्यन्त निरशाजनक भएको राप्रपा अध्यक्ष कमल थापाले बताएको छ ।

राप्रपा अध्यक्ष कमल थापाले शुक्रबार विज्ञप्ति जारी गरी मतादेशलाई शिरोधार्य गर्ने बताए । निर्वाचनमा पराजयका बिभिन्न कारणहरु रहेको भन्दै उनले भनेका छन्, ‘पार्टी कार्यकताको अथक प्रयासका वावजुद निराशाजनक परिणाम आउनुमा पार्टी अध्यक्षको नाताले सम्पूर्ण नैतिक जिम्मेवारी मेरो हो ।

पार्टीको बैचारिक पक्ष एवं कार्यशैलीमा सुधार आवश्यक देखिएको भन्दै राप्रपा अध्यक्ष थापाले अब के गर्ने भन्नेमा केन्द्रिय कार्यसमितिमा छलफल गर्ने बताएका छन् ।

उनले अघि भनेका छन्, ‘संविधान जारी भएपछि भएको पहिलो निर्वाचन परिणामले मात्र राप्रपाको औचित्य, आवश्यकता र महत्व समाप्त भएको छैन र हुँदैन ।’

राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक मात्र सिट जितेको छ । अध्यक्ष थापा आफैं मकवानपुर १ मा पराजित भए । समानुपातिकमा थ्रेस होल्ड कटाउन सकेन ।

राप्रपा अध्यक्ष थापाले यस निर्वाचनबाट ठूलो पार्टी भएकोमा नेकपा एमालेलाई बधाई समेत दिएका छन् ।