काठमाडौं,१ पुष । आफ्नो अडान स्पस्ट राख्न सक्ने र इमान्दार नेताको रुपमा परिचित कांग्रेसका नेता धनराज गुरुङले प्रचण्डलाई प्रधानमन्त्रीको कार्ड पालेर कांग्र।स पार्टीको लस्जासपद नगर्न आग्रह गरेका छन् ।
नेता गुरुङले भारतीय नाकाबन्दीमा संसद भित्र भारतीय दादागिरी भन्दै चर्को विरोध गर्ने र नेपाली कांग्रेसका सासंदहरुले भ्रष्टचारीले पनि चुनाव लड्न पाउनपर्ने भनेर हालेका संशोधन प्रस्ताब विरुद्ध खरो रुपमा विरोध गरेका थिए। पछि उक्त प्रस्ताव फिर्ता लिइएको थियो।
निति,पद्धती र पार्टीको विधान अनुसार नेपाली कांग्रेस चल्नपर्छ भनेर पार्टी भित्रका गलत क्रियाकलापको विरुद्ध समेत सार्वजानिक रुपमै आवाज उठाउछन् र नेतृत्वको अकर्मण्यताको कारण पहिलो पार्टी कांग्रेसको निर्वाचनमा लज्जास्पद हार ब्यहोरेर तेस्रो पार्टी भएको गुरुङले बताउदै आइरहेका छन्।
बिहिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य,खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले मुलुक अग्रगमनको बाटोमा अघि बढिसकेकोले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने परिवर्तनका उपलब्धिहरु सबै गुम्ने आरोप लगाउँदै त्यसबाट बच्नको लागी ओलीलाई नभई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाए कांग्रेसले स्वीकार्ने बताएका थिए ।
मन्त्री यादवको उक्त भनाई आएपछि नेता धनराज गुरुङले आफ्नो पेजमा यसरी लेखे ‘जनताले कांग्रेसलाई प्रतिपक्षको भूमिकामा पुयाई सकेपछि पनि फेरि प्रचण्डलाई प्रम बनाउने कुरा गरेर दुनियाँको अगाडि निर्बस्त्र बन्ने कुनै पनि कांग्रेस नेताले चेष्टा नगरोस् भनेर आफनो सामाजिक संजाल ट्विटवाट आग्रह गरेको हुन । 
