सोमबार, बैशाख २१, २०८३

सरकार निर्माण : ओली र प्रचण्ड कानुनी परामर्शमा ब्यस्त

काठमाडौं,१ पुष ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबै नेता कानूनी परामर्शमा लागेका छन् ।

नयाँ सरकार निर्माणको विषयमा कानुनी छलफल गर्न दुबै नेता कानूनी परामर्शमा ब्यक्ष्त गहेको पार्टी स्रोतले बताएको छ । राष्ट्रिय सभाको चुनाव नभएसम्म समानुपातिक सांसद नछानिने र नयाँ सरकार पनि गठन नहुने चर्चा चलेपछि यसबारे एमाले अध्यक्ष ओली र प्रचण्डले आफूनिकटका कानूनविदहरुसँग बेग्लाबेग्लै परामर्श लिन थालेका छन् ।

एमाले निकट कानून व्यवसायीहरुले यसबारे शुक्रबार छलफल गरेका थिए भने प्रचण्डले पनि आफूनिकट कानुनविदसँग परामर्श गरेका थिए ।

दुबै नेताको भेटमा पनि सरकार गठनका बारेमा छलफल भएको थियो । सरकारले यसबारे कानूनी एवं संवैधानिक बखेडा झिकेर अल्मल्याउन र सत्ता लम्ब्याउन खोजेको केपी ओलीको निश्कर्ष थियो । सरकारको यस्तो क्रियाकलापको प्रतिवाद गर्ने प्रचण्ड र ओलीवीच समझदारी भएको ओली निकट स्रोतले बतायो ।