शुक्रबार, चैत १६, २०८०

समानुपातिक तर्फपनि एमालेको अग्रता कायम,मतगनणा जारी

काठमाडौँ,२७ मंसिर । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनवाट सबैभन्दा पहिलो दल बनेको नेकपा एमालेले समानुपातिक तर्फपनि अग्रता कायम राखेको छ ।

आज वुधवार अपरान्ह ३ बजेपछि सार्वजनिक मतपरिणाम अनुसार नेकपा एमाले २१ लाख ४६ हजार ३ सय ६४ मत सहित पहिलो स्थानमा रहेको छ । नेपाली कांग्रेस २० लाख ५८ हजार ३ सय ८ मत सहित दोस्रो स्थानमा रहँदा प्रत्यक्ष तर्फ दोस्रो रहेको माओवादी केन्द्र समानुपातिक मत परिणाममा काँग्रेस कम मत ल्याएर तेस्रो स्थानमा रहेको छ । माओवादी केन्द्र ८ लाख ३५ हजार ४ सय ९० मत पाएर तेस्रो स्थानमा रहेको छ ।

समानुपातिकम मत परिणाममा फोरम चौथो, राजपा पाचौं र राप्रपा छैटौं नम्वरमा रहेको छ ।

यस्तो छ ताजा मतपरिणाम

नेकपा एमाले २१,४६,३६४
नेपाली काङ्ग्रेस २०,५८,३०८
माओवादी केन्द्र ८,३५,४९०
फोरम २,७२,९०३
राजपा २,१५,१०१
राप्रपा १,४५,०५०
विवेकशील साझा १,४०,०५४
नयाँ शक्ति नेपाल ५९,४८१
राप्रपा प्रजातान्त्रिकु ४७,९६९
जनमोर्चा ३६,०९६
अन्य २,११,१७३