बिहिबार, बैशाख ०६, २०८१

शशांक कोइराला नवलपुर-१ बाट बिजयी

काठमाडौं,२५ मंसिर । नेपाली कांग्रेसका अधिकांश शीर्ष नेताहरु पराजित भएका बेला महामन्त्री शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

महामन्त्री कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट ३६ हजार ६५२ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३०८ मत प्राप्त गरेका छन् ।

चार नम्बर प्रदेशका १८ मध्ये १६ सिटको नतिजा आउादा कांग्रेसबाट चुनाव जित्ने कोइराला पहिलो हुन् ।