सोमबार, बैशाख २१, २०८३

काठमाडौं क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेल विजयी

काठमाडौं,२४ मंसिर । काठमाडौं क्षेत्र नम्बर ५ मा पनि वाम गठबन्धनले विजय हासिल गरेको छ। यो क्षेत्रबाट नेकपा एमालेका महासचिव ईश्वर पोखरेल २३ हजार २९ हजार मत ल्याएर विजयी भएका हुन्। पोखरेलका प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. प्रकाशशरण महत भन्दा ९ हजार ८६० मत बढी प्राप्त गरे। महतले १३ हजार १६९ मत प्राप्त गरे। मतगणनाका क्रममा विवाद भएकोले यो क्षेत्रको मत परिणाम ढिलो आएको हो। योसँगै काठमाडौंका १० ओटै निर्वाचन क्षेत्रको प्रतिनिधिसभा सदस्यको मतपरिणाम सार्वजनिक भएको छ। जसमा वाम गठबन्धनबाट एमालेका उम्मेदवारहरु ६ क्षेत्रमा र नेपाली कांग्रेस ४ क्षेत्रमा विजयी भएको छ।