सोमबार, बैशाख २१, २०८३

निधिलाई ३ हजार मतान्तरले पछि पार्दै महतो धनुषा ३ बाट निर्वाचित

काठमाडौं,२४ मंसिर । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

चर्चित यो क्षेत्रमा महतो र कांग्रेस नेता विमलेन्द्र निधि लडेका थिए । वाम गठबन्धनबाट माओवादीका रामसिंह यादव उम्मेदवार थिए । तर, उनी प्रतिस्पर्धामा नै आएनन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य महतोले निधिलाई झण्डै ३ हजार मतान्तरले पराजित गरे । उनले ३० हजार ७४२ मत पाए ।

निकटतम प्रतिद्वन्द्वी निधिले २७ हजार ८२८ मत पाए । सुरुदेखि नै पछि परेका महतोले एक पटक पनि महतोलाई भेट्टाउन सकेनन् ।