शनिबार, बैशाख ०८, २०८१

भक्तपुर २ बाट महेश बस्नेत दोब्बर मतान्तरले निर्वाचित

काठमाडौं,२४ मंसिर । युवा संघ नेपालका पुर्व अध्यक्ष तथा  नेकपा एमालेका नेता महेश बस्नेत प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट बस्नेत सांसदमा निर्वाचित भएका हुन् ।

कांग्रेस नेता तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई पराजित गर्दै बस्नेत विजयी भए । बस्नेतले झण्डै दोब्बर मतान्तरले ढुंगानालाई हराएका हुन् ।

बस्नेतले ३६ हजार ४१३ मत प्राप्त गर्दा ढुंगानाले १८ हजार ६३५ मत पाए ।