सोमबार, बैशाख २१, २०८३

राजधानी काठमाडौंमा नेकपा एमालेको अग्रता

काठमाडौं,२३ मंसिर ।  काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ९ वटाको नतिजा घोषणा भएको छ।  नतिजा सार्वजनिक भएका नौ क्षेत्रमध्ये नेकपा एमाले पाँच स्थानमा विजयी भएका छन् । नेपाली कांग्रेस ४ स्थानमा विजयी भएको छ।

पछिल्लोपटक घोषित परिणामअनुसार काठमाडौं– ७ मा नेकपा एमालेका रामवीर मानन्धर विजयी भएका छन्। उनी १८१०२ मत ल्याएर विजयी भएका हुन्।

त्यस्तै, काठमाडौं २ मा माधवकुमार नेपाल, ३ मा कृष्ण राई, ८ मा जीवनराम श्रेष्ठ र ९ मा कृष्णगोपाल श्रेष्ठ विजयी भएका छ्न्।

नेपाली कांग्रेसबाट भने काठमाडौं- १ बाट प्रकाशमान सिंह, ४ बाट गगन थापा, ६ मा भीमसेनदास प्रधान र १० मा राजन केसी विजयी भएका छन्।

मतगणना स्थगित काठमाडौं ५ नम्बर क्षेत्रमा पछिल्लो नतिजाअनुसार एमालेका ईश्वर पोखरेल ८७५१ मत ल्याएर अगाडि छन्। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशशरण महतले ५०४७ मत ल्याएका छन्।