सोमबार, बैशाख २१, २०८३

अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तरमा दोलखावाट गुरुङ निर्वाचित

काठमाडौं,२३ मंसिर । दुई चरणमा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ ।   निर्वाचनको मतगणना चलिरहदा अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तर सहित दोलखामा एमाले नेता पार्वत गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

शनिवार विहान सम्पन्न मतगणना अनुसार दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पार्वत गुरुङ ३० हजार भन्दा बढी मतान्तरमा बिजयी भएका छन् । गुरुङले ५५ हजार ९५४ मत पाएर बिजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत पाएका छन् ।

उनीहरुबीचको मतान्तर ३० हजार १५३ रहेको छ । एमाले केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज गुरुङ यसअघि ०७० सालमा दोलखा १ बाट निर्वाचित भएका थिए । यसैबीच दोलखाको प्रदेशसभा १ बाट माओवादीका विशाल खड्का बिजयी भएका छन् । खड्काले २८ हजार ३५० मत प्राप्त गरेर बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत पाएका छन् ।