सोमबार, बैशाख २१, २०८३

रसुवाबाट नयाँ शक्तिबाट प्रदेशसभामा प्रेम तामाङ विजयी

काठमाडौं,२३ मंसिर ।  रसुवाबाट नयाँ शक्तिले खाता खोलेको छ ।  नयाँ शक्तिबाट उम्मेदवार बनेका प्रदेश सभा सदस्य प्रेम तामाङ विजयी भएका हुन् । उनले वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका माओवादी केन्द्रका नेता ईन्द्र प्रसाद गोतामेभन्दा १ हजार ३ सय ४८ मत बढी ल्याएर विजयी भएका हुन् ।

तामाङ रसुवाको प्रदेश ‘ख’बाट विजयी भएका हुन् । यस अघि नै रसुवाको प्रदेश सभा क मा लोकतान्त्रीक गठबन्धनका उम्मेदवार बिजयी भईसकेका छन् ।
स्थानीय निर्वाचनमा पनि रसुवाले नयाँ शक्तिका लागि खाता खोलेको थियो ।