शनिबार, बैशाख ०८, २०८१

ताप्लेजुङका सबै सिटमा वाम गठबन्धनले विजय हासिल

काठमाडौं,२३ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ताप्लेजुङका सबै सिटमा वाम गठबन्धनले विजय हासिल गरेको छ । काठमाडौंमा निर्वाचन जित्न नसकेका एमाले सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा अत्यधिक बहुमतले निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाको एउटा र र प्रदेशसभाका दुई क्षेत्रहरु रहेको ताप्लेजुङका सबै स्थानमा बाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधिसभामा बम गठबन्धनका साझा उम्मेदवार एमाले केन्द्रीय सचिव योगेश भट्टराई विजयी भएका छन् भने प्रदेशसभातर्फ (क) मा एमालेका जिल्लाअध्यक्ष बलबहादुर साम्सोहाङ र (ख) मा माओवादी केन्द्रका टंक आङ्बुहाङ विजयी भएका छन् ।

एमाले नेता भट्टराई कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहाललाई १२५९१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । भट्टराईले २९४७९ मत पाएका छन् भने दाहालले १६८८८ मत पाएका छन् ।