Nepali date


सोमवार, जेष्ठ ६, २०७६

पहिलो चरणको मतगणना साँझ ५ बजेवाट सुरु गर्ने

काठमाडौं,२१ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पहिलो चरणको मतगणना आज साँझ ५ बज्ने वित्तिकै शुरु गर्ने तयारी गरीएको छ । दोस्रो चरणको निर्वाचन भइरहेको कारण मतपेटीका खोल्ने कार्य निर्वाचन सम्पन्न भएपछि गरीने छ ।

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन सकिएपछि पहिलो चरणका मत पेटिकाहरु खोल्ने तयारी गरेको हो । दोस्रो चरणको निर्वाचन सकिने वित्तिकै पहिलो चरणको निर्वाचनका मत पेटिकाहरु खुल्ने छन् । साँझ ५ बज्ने वित्तिकै पहिलो चरणको मतगणना शुरु हुनेछ ।

आज भएको निर्वाचनका मतपेटिकाहरु चाहिँ साँझ ढिलो गरि खुल्ने छन् । विर्नाचन सकिएपछिको प्रक्रिया र मत पेटिका संकलनको काम पनि गर्नुपर्ने भएकोले दोस्रो चरणको मत गण्नामा केही घण्टा ढिला हुने छ । तर पहिलो चरणको निर्वाचनको मतगणना चाहिँ साँझ ५ बज्ने वित्तिकै शुरु हुने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

निर्वाचन आयोगका प्रवक्ता ढकालले आजको निर्वाचन सम्पन्न भएसँगै मतगणना शुरु हुने बताए । उनले २१ गते पाँच बजेपछि पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा मतगणना शुरु गर्न सकिने बताए ।

सोही बमोजिम मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई परिपत्र भइसकेको उनले बताए । पहिलो चरणमा भएको चुनावको मतगणना २१ गते साँझ पाँच बजेपछि गर्न सकिने छ । दोस्रो चरणको निर्वाचनको मतगणना पनि आजैदेखि शुरु हुने छ ।

केही प्रक्रियाहरु पूरा गर्नुपर्ने भएकोले दोस्रो चरणको मतगणना केही घण्टा ढिलो गरी शुरु हुनेछ । आयोगले प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम ४ दिन भित्रमा र समानुपातिक तर्फको ८ दिन भित्रमा आइसक्ने जनाएको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया