सोमबार, बैशाख २१, २०८३

स्याङ्जामा झडप,स्थितिलाई नियन्त्रणमा लिन हवाई फायरिङ

काठमाडौं,२१ मंसिर । दोस्रो चरण अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा स्याङ्जाको लोकतान्त्रिक र बाम गठबन्धनबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायरिङ समेत गरेको छ ।

साविक तुलसीभन्ज्याङ गाविस भवनस्थित मतदान केन्द्रमा मतदाताहरुको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो ।

झपडलाई साम्य बनाउन हवाई फाइरिङ गरिएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ ।