शनिबार, बैशाख ०८, २०८१

दोस्रो चरणमा निर्वाचन लागि बुधबार राति १२ बजेदेखि सवारी निषेध

काठमाडौं,२० मंसिर । दोस्रो चरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने जिल्लामा बुधबार राति १२ बजेदेखि सवारीसाधन निषेध गरिने भएको छ ।

गृह मन्त्रालयका अनुसार मतदानको अघिल्लो दिन २० गते राति १२ बजेदेखि बेलुका ७ बजेसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिएको हो ।

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मतदानका दिन सुरक्षा निकाय, निर्वाचन प्रायोजनका लागि अनुमति पत्र भएका र अत्यावश्यक सेवाका (एम्बुलेन्स, दमकल, खानेपानीको ट्याङ्कर लगायत) बाहेक अन्य कुनै पनि प्रकारका सवारी साधन चलाउन निषेध गरिएको छ ।