सोमबार, बैशाख २१, २०८३

बमको जवाफ ब्यालेटले दिनुस् : गगन थापा

काठमाडौँ,१९ मंसिर । काठमाडौंको चपलीमा बम विस्फोट हुँदा कांग्रेस उम्मेदवार गगन थापा घाइते भएका छन् । विस्फोटमा अन्य थापासहित ११ जना घाइते भएका छन् । काठमाडौं ४ का उम्मेदवार थापा बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा घरदौलोमा रहेका बेला विस्फोट भएको हो ।

नेपाली कांग्रेसका नेता एवं काठमाडौं ४ का उम्मेदवार गगन थापा बम पड्काउनेहरुलाई ब्यालेटबाट जवाफ दिन मतदातालाई अपील गरेका छन् । थापा ब्याण्डेज लगाएर नै चाबहिलको सभामा पुगेका थिए । आफ्नो अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै थापाले पशुपतिनाथले हात थापेकाले अप्रिय घटना हुन नपाएको बताए ।

निर्धारित समयभन्दा ढिला कार्यक्रम सुरु भएकाले आफू लम्किएर हिडेको र संयोगले आफू बचेको उनले बताए । तर, घटनामा दुई जना गम्भीर घाइते भएको भन्दै उनले सबैको स्वास्थ लाभको कामना गरे ।

साथै आफू घाइते भएको खबर पाएपछि भेट्न आएका चुुनावी प्रतिस्पर्धी राजन भट्टराईमाथि अस्पताल परिसरमा भएको हुलहुज्जतप्रति दुःख व्यक्त गरे । मलाई जिताउन भएपनि मत हाल्नुस्, हराउन भएपनि मत हाल्नुस् ।आज जित र हार भन्दा पनि बम हान्नेहरुलाई ब्यालेटबाट हराउनै पर्छ । यसका निम्ति मत हाल्नै पर्छ

थापाले नियोजित ढंगबाट भएको आक्रमणले सुरक्षा संवेदनशीलताप्रति गम्भीर प्रश्न उठाएको भन्दै सरकारसँग जवाफ मागे । उनले अघि भने, ‘जसले विस्फोटको घटना गराएका छन्,