शुक्रबार, बैशाख ०७, २०८१

आगामी चुनावपछि प्रधानमन्त्री केपी शर्मा ओली : प्रचण्ड

काठमाडौं,१७ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी चुनावपछि बामपन्थी गठबन्धनले प्रष्ट बहुमत आउने र प्रधानमन्त्री एमालेका अध्यक्ष केपी शर्मा ओली बन्ने बताएका छन् ।

कान्तिपुर दैनिकमा आइतबार प्रकासित दाहालको अन्तर्वार्तामा उनले ठूलो भएको र सख्याको हिसाबले पनि एमालेका अध्यक्ष नै प्रधानमन्त्री बन्ने बताएका छन्। उनले यस विषयमा औपचारिक निर्णय भने भैनसकेको बताए ।

‘औपचारिक ढंगले निर्णय गरिनसकेकाले यो कुरा भन्नचाहिं अप्ठेरो हुन्छ तर तपाईंहरूले जसरी सीधा भाषामा सोध्नुभयो । अब ठूलो पार्टी हुनुको नाताले र अहिले संख्यात्मक हिसाबले पनि प्रधानमन्त्री एमालेकै अध्यक्ष हुने प्रबल सम्भावना रहन्छ । हाम्रो बहुमत आउँछ ’ चुनावमा वामपन्थीको बहुमत आयो भने प्रधानमन्त्रीचाहिं को हुने हो ? तपाईं कि केपी ओली ? भन्ने प्रश्नको जवाफ दिँदै भनेका छन्, ‘तीनवटै तहको सरकारमा वामपन्थीको बहुमत हुने भयो । स्थानीय तहमा त भई नै सक्यो । अब प्रदेशसभा र प्रतिनिधिसभामा पनि हुन्छ । पहिलो चरणको निर्वाचनको मतको आकलन गर्दा त हामी दुई तिहाइकै नजिकजस्तो छौं । बहुमत भएपछि प्रधानमन्त्री र अरू कुराका बारेमा हामीले मिलाएर गर्ने भनेका छौं ।

पार्टी एकताको घोषणा गरेको एमाले र माओवादीबीच ६० र ४०को अनुपातमा प्रदेश तथा प्रतिनिधिसभाको सीट बाँडफाँट गरिएको छ। दाहालले पार्टीपछि पदीय बाँडफाँ६ र कार्यकारीको सँग रहेन विषयमा समेत विवाद नहुने बताए ।

‘पार्टी एकता संयोजन समिति गठन गरेर सहमति सार्वजनिक गर्ने बेलामा लिखित रूपमा हामीले यो समितिका दुई प्रमुख नेता भनिएको छ । दुई पार्टीका अध्यक्ष नै यो पार्टी एकताका प्रमुख नेता हुने भनिएको छ ’ दाहालले भनेय, ‘ति भनेपछि अहिले नै को–के हुने भन्ने ‘फाइनल’ त गरेका छैनौं तर पार्टी अध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्रीलगायत थुप्रै कार्यकारी पद हुन्छन्, ती पदमा हामी सजिलै एकअर्कालाई ‘एडजस्ट’ गर्न सक्छौं ।