शनिबार, बैशाख ०८, २०८१

प्रदेश ४ को मुख्यमन्त्री बनेर प्रदेशलाई समृद्ध बनाउने गुरुङ्को दाबी

नवलपरासी,१५ मंसिर । लमजुङ २ का प्रदेशसभा उम्मेद्वार तथा नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङगले आफू प्रदेश ४ को मुख्यमन्त्री बनेर प्रदेशलाई समृद्ध बनाउने बताउनु भएको छ ।
कावासोतीमा प्रेस चौतारी र प्रेस सेन्टरले गरेको संयुक्त पत्रकार सम्मेलनमा सचिब गुरुङ्ले प्रदेश चारमा स्थानीय तहको निर्वाचनमा नेकपा एमाले दोस्रो स्थानमा रहेको र वामगठबन्धन पछि पहिलो स्थानमा रहेकोले प्रदेश ४ मा गठबन्धनकै बहुमत आउने दावी गरे ।

गुरुङले प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धनले कम्तिमा दुई तिहाई बहुमत ल्याउने दावी समेत गरे ।

उनले वामगठबन्धन बनेसँगै जनतामा एउटा उत्साह आएकोले दुई तिहाई बहुमत आउने आधार प्रशस्त रहेको बताए ।

”प्रतिनिधिसभामा पनि १२७ भन्दा बढी स्थानमा जित्छौं । पहिलो चरणमा भएको चुनावमा २७ भन्दा बढी स्थानमा जित्छौं भने दोस्रो चरणमा हुने निर्वाचनमा पनि १ सय भन्दा बढी स्थानमा जित्छौं ।” गुरुङले भने ।

संयुक्त पत्रकार सम्मेलनमा बोल्दै नेता गुरुङले पहिलो चरणको निर्वाचन छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा भएको भन्दै दोस्रो चरणको चुनावमा पनि धाँधली रहित र शान्तिपूर्ण वातावरणमा गराउन सरकारलाई आग्रहसमेत गरेका छन् ।