सोमबार, बैशाख २१, २०८३

वाम गठबन्धनले १०५ सिट जित्ने पोखरेलको दावी

काठमाडौं । एमाले महासचिव ईश्वर पोख्रेलले कम्तिमा पनि वाम गठबन्धनले एक सयदेखि १०५ सिट जित्ने दावी गरे ।वाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय पाँच सिट जित्ने दावी गरेको हुन ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपालले काठमाडौंमा आयोजना गरेको उम्मेदवारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पोख्रेलले पहिलो चरणमा चुनाव भएका ३७ क्षेत्र मध्ये ३२ वटामा जित्ने दावी गरे । ”प्रत्यक्ष तर्फका १६५ मध्ये एक सयदेखि १०५ सीटसम्म जित्छौ,’ उनले भने,’पहिलो चरणमा चुनाव भएका ३७ मध्ये ३२ सीटमा जित्छौं ।

महासचिव पोख्रेलले काठमाडौंका सबै क्षेत्र जित्ने दावी समेत गरेका छन् ।

यस्तै सोही अन्तरक्रिया कार्यक्रममा पोख्रेलले सुरक्षा सम्बन्धी सरकार गैरजिम्मेवार रहेको भन्दै शंका व्यक्त गरेका छन् ।

उम्मेदवारहरुलाई लक्षित गरी बम पड्किरहेको बेला गुल्मीमा कांग्रेस कार्यकर्ताको घरमै विस्फोटक बस्तुहरु भेटिएको भन्दै उनले शंका व्यक्त गरे । ”विप्लवले बम विष्फोट गरेको भए जिम्मा लिनु पर्ने हो,’ उनले भने,’सरकार गम्भीर छैन, गुल्मीका कांग्रेस कार्यकर्ताकेा घरमा विष्फोटक बस्तु भेटिएको छ, त्यो किन राखिएको हो ?