सोमबार, बैशाख २१, २०८३

फर्जी मत हालेको भन्दै कांग्रेस दोलखाको पुनःमतदान गर्न माग

चरीकोट,१२ मंसिर । फर्जी मत हालेको भन्दै नेपाली कांग्रेस दोलखाले तीन वटा मतदान केन्द्रमा पुनःमतदान गर्न माग गरेको छ।
सोमवार कांग्रेसले मुख्य निर्वाचन कार्यालय दोलखामा पुनःमतदानको माग गर्दै ज्ञापन पत्र बुझाएको कांग्रेस दोलखाका पार्टी सभापति एवम् प्रतिनिधि सभाका उम्मेदवार रुद्रबहादुर खड्काले जानकारी दिए।
प्रहरी प्रशासनलाई प्रभावमा पारेर फर्जी मत हालेको कांग्रेसकको आरोप छ ।

लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका खड्का र प्रदेश सभा अन्तरर्गत क्षेत्र नम्वर १ उम्मेदवार बर्मा लामाले सोमबार सयुक्त ज्ञापन पत्र पेश गर्दै पुनः मतदानको माग गरेका हुन । उनीहरुले गौरीशंकर गाउँपालिकाको वडा नम्बर ५ स्थित वडा कार्यालय भवनमा रहेको क ,ख, र ग मतदान केन्द्र, गौरीशंकर गाउँपालिका वडा नम्वर १ स्थित यार्सा प्राविको क र ख मतदान केन्द्र र गौरीशंकर गाउँपालिका वडा नम्वर २ स्थित सेतीदेवि प्रावि छापडाको क र ख मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरेका छन्।
वामगठबन्धनका उम्मेदवारहरुले आफ्नै गाउँपालिका तथा वडाहरुमा उम्मेदवार तथा कार्यकर्ताहरुले कांग्रेसका एजेन्ट तथा कार्यकर्ताहरुलाई कुटपिट गरी लखेटेर एकलौटी रुपमा भोट हालेको आरोप लगाएका छन्। यस्तै वामगठबन्धनका कार्यकर्ताले विदेशमा रहेका मतदाता र मरिसकेकाहरुको नाममा समेत भोट हालेको कांग्रेसको आरोप छ।
पुन मतदान नभएसम्म निर्वाचन कार्यालयका कुनै पनि बैठकमा सहभागि नहुने कांगग्रेस दोलखाले जनाएको छ ।