Nepali date


मङ्लबार, भदौ ३, २०७६

मतदान गर्न उम्मेद्धारदेखि मतदातासम्म उत्साहपूर्वक चुनावमा जुटे

काठमाडौं,१० मंसिर । मतदान गर्न विहानदेखि उम्मेद्धारदेखि मतदातासम्म विभिन्न अवरोध छिचोल्दै उत्साहपूर्वक चुनावमा जुटे छन् ।  प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा चार हजार ४६५ मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान जारी रहनेछ ।
पहिलो चरणको निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् । साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, औसतमा ५० प्रतिशत मतदान भएको छ । सबैभन्दा बढी मनाङमा मतदान भएको छ ।
पहिलो चरणमा आइतबार प्रदेश नं १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं। ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नं ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नं ५ का रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नं ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नं ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान कार्य जारी रहेको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया