शुक्रबार, बैशाख १४, २०८१

त्रास र अन्योलबाट मुक्त भएर मताधिकार प्रयोग गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं,१० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रास र अन्योलको वातावरणबाट मुक्त भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्नुभएको छ
आन हुे प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न समेत मतदातामा आह्वान गर्नुभएको हो ।

पहिलो चरणमा आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा राष्ट्रपति भण्डारीले शनिबार दिनुभएको सन्देशमा नेपालको लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि यो निर्वाचन कोशेढुंगा सावित हुने उल्लेख गर्नुभएको छ ।