चितवन,५ मंसिर । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभामा पनि वाम गठबन्धनले दुई तिहाई सिट ल्याएर पाँच वर्ष मुलुकको नेतृत्व गर्ने दाबी गरेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डको चुनावी क्षेत्र चितवन क्षेत्र नम्बर ३ को भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले स्थानीय चुनावमा वाम गठबन्धनमा रहेका एमाले र मओवादी केन्द्रले जितेको सिट जोड्दा ६१ प्रतिशत हुन आउने बताउँदै त्यसलाई बढाएर दुई तिहाई सिट ल्याउने दाबी गरे ।
प्रचण्डका लागि भोट माग्दै नेता नेपालले चितवन जिल्लाको मात्रै नभई समग्र मुलुकको बिकास र समृद्धिका लागि प्रचण्डले जित्नु अत्यावश्यक रहेको बताए । उनले भने, ‘समाज परिवर्तनका लागि १२ वर्ष संघर्ष गरी राज्यसत्तालाई कमजोर पार्ने क्षमता भएका प्रचण्डको विकासका योजनाहरु झन् कति होला ?
नेता नेपालले १२ वर्षको अवधिमा नेपालको शान्ति प्रक्रियालाई सुरक्षित अवतरण गर्न सफल भएकोमा माओवादी अध्यक्ष प्रचण्डको प्रशंशा गरे ।
