काठमाडौं, ५ मंसिर । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत सौर्य दैनिकको कार्यकारी सम्पादक पदमा नियुक्ती भएका छन् ।
सोमबार कार्यकारी सम्पादकको रुपमा पदवहाली गर्दै उनले नेपाली मिडियामा सबैले विहान उठ्ने वित्तिकै पढ्नै पर्ने पत्रिकाका रुपमा स्थापित गराउने बताएका हुन् ।
सौर्य दैनिकको पानीपोखरीमा रहेको कार्यालयमा भएको बधाई तथा स्वागत कार्यक्रममा पत्रिकाका अध्यक्ष पदम शाहले पत्रिकालाई अग्रस्थानमा ल्याउनका लागि यो टिमले नयाँ जिम्मेवारी सहित काम गर्ने शुभकामना दिएका थिए ।
त्यस्तै अध्यक्ष शाहले दिगो र सशक्त भएर पत्रिकालाई नेपालको नम्वर एक पत्रिका बनाउन सबैले आ आफ्नो ठाउबाट भूमिका खेल्न आग्रह समेत गरे ।
सौर्यको कार्यकारी सम्पादकको रुपमा गणेश बस्नेत, समाचार सम्पादक राजन भट्टराई, प्रमुख समाचारदाता शान्तिराम कार्की चयन भएका छन् ।
