Nepali date


बिहिबार, साउन २, २०७६

पैसाको भरमा निर्वाचन जित्ने सपना नदेख्न श्यामकुमारको चेतावनी

मन्थली,५ मंसिर । रामेछापमा बाम गठबन्धनले निर्वाचन अभियान अन्तर्गत सोमवार मन्थल नगरपालिकाको गेलुमा विशाल चुनावी सभा सम्पन्न गरेको छ ।
बाम गठबन्धनले रामेछापको विकास र समृद्धिको लागि जनताले अत्याधिक मतको साथ जनताले विजयी गराउने बताएको छ । बाम गठबन्धनका नेताहरुले रामेछाप तीनलालको जिल्ला र कम्युनिष्टहरुको लालकिल्ला भएकाले विपक्षी कांग्रेससँग निर्वाचनमा प्रतिस्पर्धा नै नहुने बताउदै आएका छन् ।
विशाल जनताको सहभागीताबाट नै रामेछापमा बाम गठबन्धनले दुई तिहाई बहुमत सहित विजयी हुनेमा कुनै शकां नरहेको बताएको छ । चुनावी सभामा हजारौ जनताहरुको सहभागीता रहेको थियो ।
चुनावी सभालाई संयुक्त बाम गठबन्धन रामेछापका प्रतिनिधिसभा निर्वाचन परिचालन समितिका संयोजक एवं एमालेका केन्द्रीय सदस्य देवशकंर पौडेलले रामेछापमा कांग्रेस निर्वाचनको लागि प्रतिस्पर्धी नै नरहेको बताउनुभयो ।
कार्यक्रममा रामेछापको प्रतिनिधिसभा निर्वाचनको लागि बाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठले रामेछापमा पैसाको भरमा निर्वाचन जित्ने सपना नदेख्न कांग्रेसलाई चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो,‘कांग्रेसले रामेछापकालाई जनतालाई झुक्याउन उद्यारो आश्वासनको खेती गरेको छ, अहिले रामेछापका जनता निकै सचेत भएका छन, कोही पनि पैसामा विक्नेवाला छैनन् ।
कार्यक्रममा रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ का बाम गठबन्धनको साझा उम्मेदवार कैलाश ढुंगेलले बाम गठबन्धनले दुई तिहाई मत ल्याएर रामेछापमा विजयी हुने बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेल, संयुक्त बाम गठबन्धन प्रदेशसभा क्षेत्र नम्बर २ का चुनाव परिचालन समितिका संयोजक टंकलाल घिसिङ ‘टलक’ लगायतले सम्बोधन गर्नुभएको थियो ।
चुनावी सभामा कांग्रेस परित्याग गरेर एक दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरु बाम गठबन्धनमा प्रवेश गर्नुभएको छ । हरिशरण खत्री, रमेश थापा लगायतका नेतृत्वमा एक दर्जन भन्दा बढी कांग्रेसका नेता बाम गठबन्धनमा प्रवेश गरेका थिए ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया