काठमाडौ,३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पुत्रशोक परेको छ ।
प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार विहान निधन भएको हो । प्रकाशको निधनका कारण विभिन्न जिल्लामा चुनावी कार्यक्रमहरु स्थगित भएको खबर आउन थालेपछि माओवादी अध्यक्ष प्रचण्डले त्यस्ता कार्यक्रमहरु नरोक्न निर्देशन दिएका छन् ।
निर्वाचनका लागि तय गरिएका सबै कार्यक्रमहरु सुचारु राख्न अध्यक्ष प्रचण्डले सिंगो पार्टी कमिटीलाई निर्देशन दिएको पार्टी प्रवक्ता पम्फा भुसालले बताइन् ।
विभिन्न जिल्लामा चुनावी कार्यक्रमरु रोकिएका खबरहरु आएका छन्,’ भुसालले अनलाइनखबरसँग भनिन्९ ‘अध्यक्ष कामरेड प्रचण्डले निर्वाचनसम्बन्धी कुनै पनि कार्यक्रम नरोक्न निर्देशन दिनुभएको छ ।
प्रचण्डपुत्र प्रकाश दाहालको निधनको खबर सुनेपछि विभिन्न जिल्लामा रहेका माओवादी नेताहरु कार्यक्रम स्थगित गरेर राजधानी फर्किएका छन् ।
अहिले पेरिसडाँडास्थित पार्टी कार्यालयमा दाहालको शव श्रद्धाञ्जलीका लागि राखिएको छ । पशुपतिमा अपरान्ह ४ बजे दाहालको अन्त्येष्टि गरिने माओवादीले जानकारी दिएको छ ।
