शनिबार, बैशाख ०८, २०८१

गठबन्धनको बहुमत ल्याए स्थानीय तहको बजेट दोब्बर : ज्ञवाली

दाङ ,३ मंसिर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आसन्न निर्वाचनमा वाम गठबन्धनले दुईतिहाई बहुमत ल्याउने निश्चित रहेको दाबी गर्नुभएको छ ।

दाङको हंशपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गदै उहाँले गठबन्धनको बहुमत सरकार बनेमा स्थानीय तहको बजेटमा दोब्बर वृद्धि गराएर विकासको लहर ल्याउने बताउनुभयो ।

नेपाली काँग्रेसलाई जनताले २०४८ र २०५१ सालमा बहुमत दिलाए पनि काँग्रेसले जनताको मतको अपमान गरी आफ्नो सरकार आफैँ ढालेको उहाँको आरोप थियो ।

सभालाई सम्बोधन गर्दै एमालेका पोलिटब्यूरो सदस्य भागवत विश्वासीले एमाले– माओवादी केन्द्र चुनावी तालमेलले काँग्रेस अत्तालिएको बताउनुभयो ।

गठबन्धनका तर्फबाट क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हिराचन्द्र केसी र क्षेत्र नं ३ (ख) का उम्मेदवार उत्तरकुमार वलीले निर्वाचनमा आफूहरुलाई मतदान गरेर जिताउन आम मतदातासँग अपिल गर्नुभयो ।