सोमबार, बैशाख २१, २०८३

रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँमा वम विस्फोट

काठमाडौं,२ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु नगरपालिका १० कालिमाटीमा वम विस्फोट भएको छ। गोरखाको पालुङटारमा कांग्रेस र नयाँ शक्ति पार्टीको संयुक्त चुनावी सभालाई संबोधन गरेर लमजुङ जाने क्रममा उनी चढेको गाडीलाई लक्षित गरी वम विस्फोट भएको हो। वम विस्फोट हुँदा पौडेलको गाडीको सीसा फुटेको छ। अगाडि सिटमा बसेका पौडेललाई भने केही नभएको प्रहरीले जनाएको छ। उक्त घटनामा पौडेलको स्कर्टिङमा रहेका एक जना प्रहरी घाइते भएका छन्।
नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलको गाडीमा बम प्रहार भएको छ । बम विस्फोटमा परि ७ जना घाइते भएका छन् ।