रौतहट,२ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिकै भएको बम विस्फोट भएको छ ।
विस्फोटमा ८ जना घाइते भएका छन् । वाम गठबन्धनको भेला स्थल नजिकै ठूलो आवाजसहित विष्फोट भएको हो । बम विष्फोटमा परी ३१ वर्षीया सीता राई र उनका ७ वर्षीय छोरा जैविक राई गम्भीर घाइते भएका छन् ।
यसैगरी लक्ष्मी राई, रत्न बहादुर विक, कुन्ता खत्री, गोपाल विक, दिलमाया राई तथा यमुना काफ्ले घाइते भएका छन् । घाइते मध्ये गोपाल विक र यमुना काफ्लेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ६ जनालाई थप उपचारको लागि भरतपुर पठाइएको छ । विष्फोटका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप उपचारका लागी भरतपुर १ बालकसहित दुईको अवस्था चिन्ताजनक ,थप उपचारका लागी भरतपुर लगिएको छ ।
