शनिबार, बैशाख ०८, २०८१

तपाइँसँग सहि र गलत छुट्ट्याउन सक्ने क्षमता छ ।

काठमाडौं,२ मंसिर ।
,जितु खड्का । एक दिन सोवियत संघका तानाशाह स्टालीन आफ्नो पार्टीको मिटिङ्ग्मा एउटा जिउंदो कुखुरा लिएर पुगे । उपस्थित सबै नेताहरु अचम्म मान्दै हेर्नथाले । उपस्थित सबैका अगाडि उनले त्यो कुखुराको प्वांख थुतेर मिल्काउन थाले, कुखुरा दुखाईले क्या-क्या गर्दै कराउन थाल्यो । स्टालिनले कत्ति पनि दया नगरी उक्त कुखुराको सारा प्वाँख लुछेर फालिदिए ।
नाङ्गो कुखुरा तड्पिन थाल्यो । उनले सबै नेताहरुका अगाडी त्यो कुखुरालाई जमीनमा फालिदिए । अनि आफ्नो खल्तीबाट केहि मकैका दाना निकालेर कुखुराको अगाडी छरिदिए……कुखुरा त्यो दाना खान थाल्यो, अनि स्टालिनको खुट्टा नजिक आएर बस्यो । स्टालिनले भुइँमा थप केहि मकैका दानाहरु फेरि छरिदिए…. कुखुराले त्यो पनि खायो र अब त्यो कुखुरा स्टालिनको अगाडी पछाडि घुम्न थाल्यो । तब, स्टालिनले आफ्नो पार्टीका नेताहरुलाई त्यो सब दृश्य देखाउदै भन्नथाले – “जनता यो कुखुरा जस्तै हुन। तपाईंहरुले उनिहरुलाई बेसाहारा र बिबश बनाउनुपर्छ, उनिहरुमाथी अत्याचार गर्नुपर्छ, उनिहरुलाई तपाईंको जरुरत छ भन्ने देखाउन उनिहरुलाई तड्पाउनुपर्छ । जब तपाईंले यसो गर्नुहुन्छ तब थोरै थोरै दाना (स-साना कामहरु) पनि फ्याँक्दै जानुपर्द्छ। तब उनिहरुले जिन्दगीभर तपाईंको गुलामी गर्नेछन् र तपाईंलाई आफ्नो महानायक ठान्नेछन् । र उनिहरुले भुल्नेछन् कि….उनिहरुको दुर्गती/बर्बादी को कारण तपाईं हो भनेर ।”
वास्तवमा हाम्रो देशमा पनि नेताहरुले हामी जनतामाथी यस्तै अत्याचार गरिरहेका छन । कतै तपाईंपनि आफ्नो प्वांख निर्ममता पुर्वक उखेल्नेलाई त भोट दिन जाँदै हुनुहुन्न ..? समय अझै बाँकी छ । चुनाव आउदै छ । सोंचबिचार गरेर मात्र सहि नेतालाई चुन्नुहोला । तपाईं कुखुरो होइन, बिचरा त्यो कुखुरोलाई थाहा थियन । तपाईं त मानिस हो, तपाइँसँग सहि र गलत छुट्ट्याउन सक्ने क्षमता छ । ता कि तपाईं-हाम्रो प्वाँख अब नलुछियोस् ।एक दिन सोवियत संघका तानाशाह स्टालीन आफ्नो पार्टीको मिटिङ्ग्मा एउटा जिउंदो कुखुरा लिएर पुगे । उपस्थित सबै नेताहरु अचम्म मान्दै हेर्नथाले । उपस्थित सबैका अगाडि उनले त्यो कुखुराको प्वांख थुतेर मिल्काउन थाले, कुखुरा दुखाईले क्या-क्या गर्दै कराउन थाल्यो । स्टालिनले कत्ति पनि दया नगरी उक्त कुखुराको सारा प्वाँख लुछेर फालिदिए ।pis

pis 3

 

 

नाङ्गो कुखुरा तड्पिन थाल्यो । उनले सबै नेताहरुका अगाडी त्यो कुखुरालाई जमीनमा फालिदिए । अनि आफ्नो खल्तीबाट केहि मकैका दाना निकालेर कुखुराको अगाडी छरिदिए……कुखुरा त्यो दाना खान थाल्यो, अनि स्टालिनको खुट्टा नजिक आएर बस्यो । स्टालिनले भुइँमा थप केहि मकैका दानाहरु फेरि छरिदिए…. कुखुराले त्यो पनि खायो र अब त्यो कुखुरा स्टालिनको अगाडी पछाडि घुम्न थाल्यो । तब, स्टालिनले आफ्नो पार्टीका नेताहरुलाई त्यो सब दृश्य देखाउदै भन्नथाले – “जनता यो कुखुरा जस्तै हुन । तपाईंहरुले उनिहरुलाई बेसाहारा र बिबश बनाउनुपर्छ, उनिहरुमाथी अत्याचार गर्नुपर्छ, उनिहरुलाई तपाईंको जरुरत छ भन्ने देखाउन उनिहरुलाई तड्पाउनुपर्छ । जब तपाईंले यसो गर्नुहुन्छ तब थोरै थोरै दाना (स-साना कामहरु) पनि फ्याँक्दै जानुपर्द्छ। तब उनिहरुले जिन्दगीभर तपाईंको गुलामी गर्नेछन् र तपाईंलाई आफ्नो महानायक ठान्नेछन् । र उनिहरुले भुल्नेछन् कि….उनिहरुको दुर्गती/बर्बादी को कारण तपाईं हो भनेर ।”
वास्तवमा हाम्रो देशमा पनि नेताहरुले हामी जनतामाथी यस्तै अत्याचार गरिरहेका छन । कतै तपाईंपनि आफ्नो प्वांख निर्ममता पुर्वक उखेल्नेलाई त भोट दिन जाँदै हुनुहुन्न ..? समय अझै बाँकी छ । चुनाव आउदै छ । सोंचबिचार गरेर मात्र सहि नेतालाई चुन्नुहोला । तपाईं कुखुरो होइन, बिचरा त्यो कुखुरोलाई थाहा थिए न । तपाईं त मानिस हो, तपाइँसँग सहि र गलत छुट्ट्याउन सक्ने क्षमता छ । ता कि तपाईं-हाम्रो प्वाँख अब नलुछियोस् ।