सोमबार, बैशाख २१, २०८३

कांग्रेस नेता महतलाई लक्षित गरी नुवाकोटमा वम विष्फोट

नुवाकोट,१ मंसिर । कांग्रेस नेता डा. रामशरण महतको चुनाव प्रचार टोलीलाई लक्षित गरी नुवाकोटमा वम विष्फोट भएको छ ।

नुवाकोटको ककनी–५, काउलेथामा बम विष्फोट भएको हो ।

ककनी गाउँपालिकाबाट चतुरालेतर्फ जाँदै गर्दा चियावगन अगाडि नेपाली काङ्ग्रेसका नेता डा महत र रमेशकुमार महतलाई लच्छित गरि बम प्रहार डा महत भने सुरक्षित नेबि संघ नुवाकोटका नेता उपेन्द्र मिश्र सहित अन्य पाच घाइते भएका छन् भने गाडि पुर्णरुपमा क्षेती भएको छ ।  विष्फोटको छर्रा लाग्दा कांग्रेस कार्यकर्ता घाइते भएको शसस्त्र प्रहरीका डिएसपी बासुदेव लोहनीले बताए ।

घटनाको लगत्तै सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । महत नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।