सोमबार, बैशाख २१, २०८३

आज बाम गठबन्धनले रामेछापको गाल्वामा वृहत्त चुनावी सभा गर्ने

रामेछाप,१ मंसिर । बाम गठबन्धनले रामेछापको गाल्वामा वृहत्त चुनावी सभा गर्ने भएको छ । चुनावी अभियानलाई तीब्रता दिएको बाम गठबन्धनले मंसिर १ गते वाल्वामा चुनावी सभा गर्न लागेको हो । चुनावी सभाको सम्पूर्ण तयारी पूरा भएको संयुक्त बाम गठबन्धन प्रदेशसभा ‘ख’ रामेछापका निर्वाचन परिचालन समितिका संयोजक टंकलाल घिसिङ ‘टलक’ले बताउनुभयो । उहाँले भन्नुभयो,‘मञ्च निर्माण कार्य सम्पन्न भएको छ, व्यवस्थापकीय कार्य सकिएको छ ।’


चुनावी सभामा खाँडादेवी, दोरम्बा र सुनापति गाउँपालिका बासिन्दाको सहभागीता हुनेछ । चुनावी सभालाई रामेछापमा बाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठ, संयुक्त बाम गबन्धन प्रतिनिधिसभा निर्वाचन परिचालन समितिका संयोजक एवं एमालेका केन्द्रीय सदस्य देवशकंर पौडेल, रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ का वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका नेता कैलाश ढुंगेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको घिसिङले जानकारी दिनुभयो ।