शान्त पहरी ,रामेछाप । स्थानीय चुनावमा मन्थली नपाको मेयरको लागि चर्चा कमाएका एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ मिलनसार ,शालिन र नेतृत्वदायी ब्यक्तित्व हुन ।
विद्यार्थी समयदेखि नै राजनीतिक गर्दै आएक श्रेष्ठ यतिवेला रामेछाप एमालेबाट प्रदेशसभाको समानुपातिक उम्मेदवार बनेका छन् । नेकपा एमाले रामेछापका सचिव श्रेष्ठ रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ बाट समानुपातिक तर्फको उम्मेदवार बनेका हुन । पार्टीले श्रेष्ठलाई समानुपातिकको बन्द सूचिको पाँच नम्बरमा नाम समावेश गरेको छ ।
एमालेले सार्वजनिक गरेको समानुपातिक तर्फको बन्द सूचीमा ५ नम्बरमा रहेका श्रेष्ठ आगामी निर्वाचनपछि रामेछापबाट प्रदेशसभाको समानुपातिकबाट सांसद बन्ने लगभग निश्चित भएको छन् । समानुपातिक तर्फ उम्मेदवार बनेका श्रेष्ठले ‘रामेछापको दिगो विकास र समृद्धिको लागि मन बचन र कर्मको साथ काम गर्छु बताउनु भएको छ ।
श्रेष्ठको राजनीतिक जीवनयात्रा यस्तो छ :-
नाम : आनन्न कुमार श्रेष्ठ
जन्म : ३०३५ भदौ २५ गते साविक भलुवाजोर–४ हाल हाल मन्थली नपा–६
२०५० साल जनज्योती मावि खुर्कोटबाट अनेरास्ववियुको सदस्य
२०५१ सालमा २०५१ प्रारम्भिक कमिटीको सचिव
२०५३ सालमा कर्मस क्याम्पसबाट अनेरास्ववियुको सदस्यमा विजयी ।
२०५४ मा अनेरास्ववियको प्रारम्भिक कमिटको सचिव
२०५५ कर्मर्स क्याम्पसको सचिवको सचिव
२०५७ मा कर्मस क्याम्पसको स्ववियुको सभापति निर्वाचित
२०५७ मा अखिल बागमती अञ्चलको सदस्य
२०५६९ मा अलिख बागमतीको कोषाध्यक्ष
२०६० मा अखिल वागमतीको संयोजक
२०६१ मा अनेरास्ववियुको केन्द्रस्य सदस्य
२०६३ मा एमाले विद्यार्थी जिल्ला विशेष जिल्ला कमिटीको सदस्य
२०६५ मा एमालेको आठौं महाधिवेशनको प्रतिनिधि
२०६६ मा रामेछापको जिल्ला कमिटीको सदस्य
२०६८ मा जिल्ला कमिटी सदस्य सदस्य
२०७० देखि हालसम्म जिल्ला कमिटिको सचिव एंव मोर्चा फाँट प्रमुख
हाल समानुपातिक तर्फबाट रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ बाट समानुपातिक उम्मेदवार ।
